१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाभुर फ्रन्टको विस्तारित भेला


१९ मंसिर २०७३, आइतबार  

0
Shares

gavur front - Copy

विर्तामोड / ‘झापा, मोरङ्ग, सुनसरी गाभुरलार जान, पहिचानसहितेर कोचिला राज्य हामार मांग’ नारासहित कोचिला गाभुर फ्रन्ट केन्द्रिय कार्यसमितिको पहिलो विस्तारित भेला शनिवार विर्तामोडमा सम्पन्न भएको छ । झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न नगर र गाउ“बाट संगठनका कार्यकर्ताहरु प्रतिनिधिमुलक सहभागी भएको थियो । विस्तारित भेलाको अध्यक्षता कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष भरत राजवंशीले गरेका थिए । भेलामा संगठनको वर्तमान अवस्थाबारे आ–आफ्नो गाउ“, नगरबाट प्रतिनिधिमुलक रिर्पोटिङ्ग भएको थियो । भेलामा उठेका प्रश्नहरुको जवाफ दिदै साथै वर्तमान राजनैतिक अवस्था, स्थानिय निकाय पुर्नसंरचना र संसदमा पेश भएको संविधान संशोधन विषयमा गाभुर फ्रन्टका जिल्ला अध्यक्ष खगेन राजवंशीले जानकारी गराएका थिए । भेलाले संगठनको रिक्त रहेको पदीय जिम्मेवारी र पदपूर्ति पनि गरिएको थियो । हाल रिक्त रहेको प्रवक्तामा सुन्दर राजवंशी, सचिवमा मुनिलाल राजवंशी, स–सचिवमा कर्ण राजवंशी र कोषाध्यक्षमा निता राजवंशीलाई चयन गरिएको छ । भेलालाई फ्रन्टका प्रवक्ता सुन्दर राजवंशीले स्वागत गरेका थिए भने सञ्चालन मुनिलाल राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार  ७ : ०७ बजे