६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कोच प्रवासी महासंगठनको पहिलो वार्षिक उत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न


१९ कार्तिक २०७३, शुक्रबार  

0
Shares

koch prabasi r eady

विर्तामोड / पहिलो वार्षिक उत्सवको अवसरमा कोच प्रवासी महासंगठन नेपालले १ जना पत्रकारसहित विभिन्न क्षेत्रका सामाजिक व्यतित्वहरुलाई सम्मान गरेको छ । गौरवत्ती सतानु प्रतिष्ठान सैनिकमोडको सभाहलमा सम्पन्न कार्यक्रमका अध्यक्ष पुर्ण प्रसाद राजवंशीले गम्छा ओडाएर सम्मानपत्रले सम्मानित गरेका थिए । सम्मानित हुनेहरुमा पत्रकार आत्माराम राजवंशी, गायक बलबहादुर राजवंशी, कलाकार आशा राजवंशी, राजनीतिक क्षेत्रमा विशेष योगदान दिने खगेन राजवंशीलगायत छन् । त्यसैगरी संगठनले आयोजना गरेको अनलाइन कविता प्रतियोगिताका प्रथम हुने धर्म ताजपुरियालाई ५ हजार रुपैया“, दोस्रो हुने जंग बहादुर राजवंशीलाई ३ हजार रुपैया“ र तेस्रो हुने सहदेव राजवंशीलाई २ हजार रुपैया“ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष भरत राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वी थारुवान कोचिला राज्य समितिका श्रीप्रसाद चौधरी, झापा बचाउ अभियानका संयोजक टोम राजवंशी, धर्म संस्कार समितिका झापा अध्यक्ष लखन राजवंशी, मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष इन्द्र सिंह राजवंशी , झापाका कला शिरोमणी तथा प्राज्ञ पवन कुमार राजवंशी, कोच संग्रालयका अध्यक्ष प्रेम राजवंशी, पर्शुराम राजवंशी, मुनिलाल राजवंशीलगायतको उपस्थिति थियो । कार्यक्रममा कोच सभ्यताका गित, नाच तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । संगठनले एक वर्ष अन्तरालमा ८ वटा देशमा आफ्नो संगठन विस्तार जनाइएको छ । यसअघि संगठनले बाढिपिडितहरु नगद तथा खाद्यान्न वितरण गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७३, शुक्रबार  ९ : २१ बजे