१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासी जनजाति एउटै फुलका सुगन्ध हुन्


२३ श्रावण २०७३, आइतबार  

0
Shares

atma2

गौरीगंज / आदिवासी जनजाति महासंघ खजुरगाछीले शनिवार २२ औं विश्व आदिवासी दिवसको अवसरमा अन्तरक्रिया तथा ३ महिने कम्प्युटर तालिमको समापन कार्यक्रमको आयोजना गरेको छ । प्रमुख अतिथि नेफिन झापाका अध्यक्ष पारशमणि राई रहेको कार्यक्रममा कम्प्युटर तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा आदिवासी जनजाति समुदायका २७ जना प्रशिक्षार्थी सहभागि थिए । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई आदिवासी पहिचान झल्किने गम्छाले स्वागत तथा सम्मान गरिएको थियो । प्रमुख अतिथि पारशमणि राईले आदिवासी जनजातिको हक अधिकार प्राप्तिका लागि सबै एकजुट भएर संघर्ष गर्नुपर्ने बताएका थिए । त्यसैगरी विशेष अतिथि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका निवर्तमान कार्यकारिणि सदस्य गंगाराम ताजपुरियाले आदिवासी जनजाति एकै फुलका सुगन्ध भएकोले फुटेर होइन जुटेर अघि बडड्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति राष्ट्रिष्य उत्थान प्रतिष्ठानका केन्द्रिय सदस्य देवीप्रसाद राजवंशीले तराईमा राजवंशी, ताजपुरिया, गन्गाई, लगायताका जाति पिछडिएको र पहाड र हिमालमा राई , लिम्बु, तामाङ, भुजेललगायतका जाति पछाडि परेकोले हामी सबैको समस्या एउटै रहेको बताए । वकिल समुहका पुर्वाञ्चल संयोजक मक्वान सुब्बाले नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार कटौती गरेको बताए । उनले जबसम्म संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित हुदैन तबसम्म चुप लागेर बस्न नहुने बताए । त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य फुलवत्ती राजवंशीले अधिकार मागेर नपाइने भएकोले खोसेर भएपनि आदिवासी जनजातिहरुले आफ्नो अधिकार लिनु पर्ने बताएका थिए । त्यसका लागि आफु सधै तयार रहेको बताइन् ।
कार्यक्रमको अध्यक्षता नेफिन खजुरगाछीका अध्यक्ष आत्माराम राजवंशीले गरेका थिए । कार्यक्रममा स्वागत नेफिन खजुरगाछीका उपाध्यक्ष हरि श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन सचिव गोपाल प्रसाद सिंह गन्गाईले गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थी कौशिल्या कुमारी ताजपुरियाले तालिममा सहभागि हुनु पाएकोमा आफुलाई धेरै खुशी लागेको बताइन् । उनले यो तालिम मेरो लागि अत्यन्तै उपलब्धिमुलक रहेको बताइन् । खजुरगाछी गाविसमा राजवंशी, ताजपुरिया, गन्गाई, भुजेल, सन्थाल, नेवार र राईलगायत आदिवासी जनजाति समुदायको बसोबास रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७३, आइतबार  ६ : ०३ बजे