३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

खजुरगाछी गाउँपालिकामै बस्ने सुझाव


१४ श्रावण २०७३, शुक्रबार  

0
Shares

गौरीगंज / झापाको दक्षिणी गाविस खजुरगाछीमा बसेको सर्वपक्षिय भेलाले खजुरगाछी गाविस गाउँपालिका बस्ने सुझाव दिएको छ । खजुरगाछी गाविसको सभा कक्षमा शुक्रवार बसेको भेलामा गौरीगंज गाउँपालिका नामाकरण गरी गौरीगंजमै कार्यालय रहने गरी सुझाव दिएको हो । गौरीगंज पुरानो बजार एवं ऐतिहासिक ठाउँ भएकोले यो ठाउँलाई नामेट हुने गरी नगरपलिका वा गाउँपालिका बनाउन नहुने सहभागिहरुको भनाई थियो । त्यसैगरी भेलामा विकल्पको रुपमा गौरादह नगरपालिकामा गाभिदा बन्ने नयाँ नगरपालिकाको नामाकरण गौरीया नगरपालिका हुनुपर्ने र कार्यालयको स्थान जुरोपानीमा वा सबै क्षेत्रका जनताहरुलाई पायक पर्ने स्थानमा रहनुुपर्ने सुझाव दिएको छ । झापाको दक्षिणी क्षेत्र खजुरगाछी, गौरीगंज, कोरोबारी गाविसमा राजवंशी, ताजपुरिया, गन्गाई, पिछडावर्गको बाहुल्यता रहेकोले यो क्षेत्रलाई स्वायत्त क्षेत्र घोषण गनुपर्ने सुझाव दिएको खजुरगाछी गाविसका खरदार श्याम प्रसाद गन्गाईले जानकारी दिएका छन् । संघियता कार्यान्वयनको सन्दर्भमा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको अनुरोधमा खजुरगाछी गाउँ विकासले सो सर्वपक्षिय भेलाको आयोजना गरेको थियो । आयोगले गाउँपालिका हुन ५० हजार जनसंख्या र नगरपालिका हुन ७५ हजार जनसंख्या पुग्नु पर्ने मापदण्ड तोकेको छ । २०६८ सालको जनगणना अनुसार खजुरगाछी गाउँ विकास समितिको जनसंख्या ९ हजार ४ सय ६९, गौरीगंजको १० हजार ६ सय ७३, कारोबारीको ६ हजार २८, महाभाराको ६ हजार ८ सय ६६, बैगुनधुराको ५ हजार ६ सय ४०, पाँचगाछीको १० हजार ८ सय १६ जनसंख्या रहेको छ । त्यसैगरी गौरादह नगरपालिको जनसंख्या ४७ हजार ३ सय ९३ रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७३, शुक्रबार  ९ : ३६ बजे