३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दुर्घटनामा मोटरसाइकल चालक धिमालको मृत्यु


२९ जेष्ठ २०७३, शनिबार  

0
Shares

झापा २९,  जेठ / पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी–७ स्थित केरखा सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुधबारे–७ निवासी २१ वर्षीय सुजन धिमाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे७प ३५९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको के१च ७९२० नंको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाइकल चालक धिमालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते बनेका धिमाललाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कारलाई प्रहरी चौकी केरखाले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७३, शनिबार  १ : ४३ बजे