३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

विकास सवैको साझा मुद्या : प्रधानमन्त्री ओली


२८ जेष्ठ २०७३, शुक्रबार  

0
Shares

 दमक २८, जेठ /प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकास सवैको साझा मुद्या भएकाले यसमा राजनीति स्वार्थ भन्दा माथि उठेर काम गर्न जरुरी भएको जोड दिनुभयो । आज विहान दमक–६ स्थित दापगागाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्नुहुदै प्रधानमन्त्री ओलीले विकास,समृद्धि तर्फ देशलाई रुपान्तरण गर्न सवै जुट्न सके परिवर्तन संभव हुने वताउनुभयो । मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको शुरुवात गरेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ अव साच्चै मुलुकको मुहार फेर्न सवैले हिम्मत राख्नुपर्छ ।’ मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्भित भएको प्रधानमन्त्री ओलीको भनाई थियो । आफनो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रमहरुमा सहभागी हुन दमक आउनुभएका प्रम ओलीले दमकलाई विकासको नमुना शहर वनाउने अटोठ लिएको समेत भनाई राख्नुभयो । सो शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले बोल्नुभएको थियो । भ्यूटावरको शिलान्यास लगत्तै उहाँले मोरङको मधुमल्ला जोडिने बनिने दमक –५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गर्नुभएको थियो । नेपाल सरकारको करिव रु १ अर्वको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिटे अग्लो र ४ तले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले वताउनुभयो । दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेका सो भ्यूटार करिव ५ विगाहा क्षेत्रफलमा रहेको छ । भ्युटार वनाउन स्थानीयहरुले लाखौ मूल्यका जग्गा नगरपालिकालाई निशुल्क दिएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७३, शुक्रबार  ४ : २७ बजे