३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्राइम बैंकले बिराट लक्ष्मी र कन्ट्री डेभलपमेन्ट बैंक एक्वायर गर्ने


२५ जेष्ठ २०७३, मंगलबार  

0
Shares

काठमाडौं ,  २५ जेठ /  प्राइम प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेण्ट बैंकले खरिद गर्ने भएको छ । एक्वायरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

प्राइमका संचालक एवं मर्जर समितिका संयोजक श्यामबहादुर श्रेष्ठ, विराटलक्ष्मीका अध्यक्ष माधवप्रसाद कोइराला र कन्ट्री बैंकका अध्यक्ष इन्ऽ नारायण भैलले समझदारी-पत्रमा हस्ताक्षर गरेका छन् ।

पुँजी बढाउनका लागि यी संस्थाहरु एक्वायरमा गएका हुन् । राष्ट्र बैंकले तोकेको समयमै तोकेको चुक्ता पुँजी पुर्‍याउन मर्जर तथा एक्वायसमा जानु परेको बैंकले जनाएको छ ।

विराटलक्ष्मी पुर्वका १० जिल्ला कार्यक्षेत्र भएको क्षेत्रीयस्तरको बिकास बैंक हो । यो बैंकका वित्तीय सूचकांकहरु निकै सबल छन् । गत फागुनसम्म यो विकास बैंकको चुक्ता पुँजी करिब ४२ करोड रुपैयाँ थियो ।

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको कन्टि्र बैंकको चुक्ता पुँजी ३३ करोड २८ लाख रुपैयाँ छ । यसको पनि कार्यक्षेत्र १० जिल्ला हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७३, मंगलबार  ८ : २९ बजे