२८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025

राजवंशी भाषा प्रशिक्षण शुरु


५ जेष्ठ २०७३, बुधबार  

0
Shares

खजुरगाछी ५, जेठ  /  राजवंशी समाज विकास समिति केन्द्रिय कमिटीको आयोजनामा आजदेखि  ५ दिने राजवंशी भाषा प्रशिक्षण शुरु भएको छ । झापाको खजुरगाछी गाविस हलमा शुरु भएको प्रशिक्षण कार्यक्रममा नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग रहेको छ । राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको अध्यक्ष्तामा शुरु भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक गोपाल राजवंशी र मनोज राजवंशी रहेका छन् । कोरोबारी, जुरोपानी, गौरीगंज, कोहबारा र खजुरगाछी गा.वि.सका राजवंशी समुदायका ४० भन्दा बढीको सहभागीता छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा राजवंशी समाज विकास समितिका पूर्व केन्द्रिय सदस्य देवी प्रसाद राजवंशी, पूर्व सल्लाहकार डमन प्रसाद राजवंशी, पर्वत राजवंशी, फुवती राजवंशी, कमल प्रसाद राजवंशी, आत्माराम राजवंशी, गंगा प्रसाद राजवंशी, खसनलाल राजवंशी लगायतको उपस्तिथि रहेको थियो ।  कार्यक्रमको सञ्चालन सुवन्त राजवंशीले गरेका थिए । 123 ready

प्रकाशित मिति : ५ जेष्ठ २०७३, बुधबार  ८ : ४० बजे