३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

असल व्यक्ति बन्न प्रशिक्षण


१८ बैशाख २०७३, शनिबार  

0
Shares

गौरीगंज /  धर्म र संस्कार सम्बन्धि  जनचेतना फैलाउने  उद्येश्यले झापाको गौरीगंजमा जनजाती कल्याण आश्रम झापाले आज शनिवारदेखि ५ दिने प्रशिक्षण शुरु गरेको छ  ।
झापा र मोरङका करिब १ सय भन्दा बढी आदीवासी जनजाती समुदायका  युवा युवतीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रमको उद्घाटन जनजाती कल्याण आश्रम झापाका संयोजक कमलप्रसाद राजवंशीले गरेका थिए । गौरीगंज प्रा.वि.मा सञ्चालन  भइरहेको प्रशिक्षणमा  धर्म परिवर्तनको बढ्दो प्रभाव र मानविय मुल्य मान्यताको खस्कदो अवस्थालाई  विश्लेषण गरी हिन्दुत्व कायम राख्ने प्रशिक्षणको मुख्य उद्येश्य रहेको संयोजक राजवंशीले बताउनुभयो । नेपाली युवायुवतीहरु लोभ, लालच, आर्थिक कमजोर, अशिक्षा, अज्ञानताले धर्म परिवर्तन गरी हिन्दु धर्म , मौलिक पहिचान र संस्कार नै छाडि अरुको संस्कारको  सिको गर्ने गरेकाले नेपाली समाज विग्रिदै गएको उहाँले बताउनुभयो । कार्यक्रममा  जनजाती कल्याण आश्रमका केन्द्रिय प्रतिनिधि प्रेम थुलुङलगायतले बोलेका थिए । १३ वर्ष अघि स्थापना भएको यो संस्थाले नेपालको विभिन्न स्थानमा छात्राबासको व्यवस्था गर्दे आएको छ । गरिब तथा जेहेन्दार विदार्थीहरुलाई नि:शुल्कमा छात्राबासको व्यवस्था गरी  स्नाकत्तोर सम्मको अध्ययन गराउदै आएको जनाइएको छ । उद्घाटन कार्यक्रममा गौरीगंजका समाजसेवी कल्याण प्रसाद कोइराला, देवीप्रसाद राजवंशी, ताराकान्त दास, विश्वराज रिजाललगायतको उपस्थिति थियो । ppp

प्रकाशित मिति : १८ बैशाख २०७३, शनिबार  १२ : ५४ बजे