१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवा शक्तिद्वारा एनसेललाई चेतावनी


१८ बैशाख २०७३, शनिबार  

0
Shares

विराटनगर १८, वैशाख / युवा शक्ति नेपाल पार्टीले दुरसञ्चार सेवाप्रदाक कम्पनी एनसेललाई कानुन बमोजिम कर तिर्न चेतावनी दिएको छ । राज्यलाई बुझाउनु पर्ने कर तिर्न अटेर गरे कम्पनी सञ्चालनमै रोक लगाएर कानुनी कारबाही गर्न पार्टीले सरकारसाग माग गरेको छ ।
युवा शक्ति नेपालका अध्यक्ष मनोज खनाल र वरिष्ठ उपाध्यक्ष शंकर भट्टराईद्वारा आज शनिवार  जारी विज्ञप्तीमा नाफा कमाउने उद्देश्यले कम्पनी खोलेर नागरिकबाट उठाइएको रकममध्ये राजश्व बापतको हिस्सा बुझाउन अटेरी गर्नु अनैतिक रहेको ठहर गर्दै तत्काल कर तिर्न चेतावनी दिइएको छ । युवा शक्ति नेपाल पार्टीले एनसेलबाट राज्यले पाउनु पर्ने कर असुल्न सरकारसाग पनि माग गरेको छ । विज्ञप्तीमा भनिएको छ – ‘मुलुक विनाशकारी भूकम्पको त्रासदीबाट उभिन नपाउादै नेपाली नागरिकले भारतीय नाकाबन्दीको सामना गर्नुपर्‍यो । नाकाबन्दीपछि मुलुकमा देखिएको आर्थिक संकटले अझै पनि ठूलो पीडामा नेपाली नागरिक रुमलिरहेका छन् । यस्तो परिस्थतिमा एनसेल जस्तो कम्पनीले जनताबाट असुली सकेको राज्यलाई बुझाउनु पर्ने रकम ‘तिर्दिन’ भन्नु ज्यादै दुखद हो ।’ पार्टीले कर तिर्न अझै ढिलाई गरे सरकारबाटै कारबाहीको पहल हुनुपर्ने माग गरेको छ । कानुनले तोकेको कर राजश्वमा क्षति हुने गरी रोके प्रतिरोधको चेतावनी विज्ञप्तीमार्फत दिइएको छ ।
विज्ञप्तीमा एनसेलले कर नतिर्न अटेर गरे देशव्यापी रुपमा ‘प्रयोग बहिस्कार’ अभियान नै सञ्चालन गर्ने चेतावनी दिइएको छ । एनसेलको सबै शेयर स्वामित्व बिक्री भएपनि स्थानीय स्वामित्वको २० प्रतिशत मात्रै पूाजिगत लाभकर असुल भएको विषयमा पार्टीले सरकारको जवाफ पनि मागेको छ ।
पार्टीले सरकारले प्रमुख रुपमा नागरिकका समस्या समाधान नगरेको टिप्पणी गर्दै एनसेलसँग जनताले राज्यका लागि तिरेको कर पनि उठाउन नसकेको उल्लेख गरेको छ । ‘प्रमुख करदाताबाट कानुनमा व्यवस्था भएअनुसारको कर दिएर मुलुकको पूनर्निमाणमा लगाउन नसक्नु पनि सरकार असफल भएको प्रमाण हो’, विज्ञप्तीमा भनिएको छ – ‘यसरी राज्य लाचार भइदिादा कालोबजारी गर्नेहरुले मुलुक लुट्ने बाटो पाउाछन् । अथतन्त्र अस्तव्यस्त हुन्छ । यस्ता विकृति रोक्न सरकार गम्भीर हुनैपर्छ ।’
युवा शक्ति नेपाल पार्टीले भूकम्पपीडित नागरिकलाई घर बनाउनका लागि एकमुष्ठ रकम प्रदान गर्न सरकारसाग आग्रह गरेको छ । ‘वर्षायाम शुरु भइसक्यो, हजारौा नागरिक त्रिपालमा रात काट्न बाध्य छन्’, अध्यक्ष मनोज खनालले भने – ‘धेरै ढिला भइसक्यो, किस्ताबन्दीमा होइन, एकै पटक रकम निकाशा गर्नुपर्छ । अनि मात्रै आमनागरिकलाई घर निर्माणमा सहयोग पुग्छ ।’

प्रकाशित मिति : १८ बैशाख २०७३, शनिबार  ९ : १७ बजे