१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा आज थप एक जनासहित झापामा २८९ जनामा काेराेना संक्रमित पुग्याे


२२ असार २०७७, सोमबार  

0
Shares

20200528_210918
गाैरीगंज २२, असार / झापाकाे गाैरीगंजमा एक जना सहित सोमबार चार जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको कुल संख्या २८९ पुगेको छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने २५ बर्षिय पुरूषमा काेराेना पुष्टि भएकाे हाे । उनी असार १५ गतेे दिल्लीबाट आएका थिए ।
भारतबाट फर्किएका मेचीनगरका एक जना, दुबई र साउदी अरबबाट फर्किएका बिर्तामोडका दुई जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४२, बिर्तामोड ५, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १९, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ५३ बजे