३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

महिला तथा बालबालिकाको वेचविखनको प्रमुख नाका बन्दै झापा


१७ बैशाख २०७३, शुक्रबार  

0
Shares

झापा  १८, चैत/ भारतसंग खुल्ला सिमानाका कारण मानव वेचविखन तथा ओसारपसारका दलालहरुका लागि झापा जिल्ला मानव वेचविखनको प्रमुख नाकाको रुपमा प्रयोग हूदै आएको एक तथ्यांकले देखाएको छ । देशका विभिन्न ठाउँहरुबाट महिला तथा बालबालिकाहरु बेचविखनको लागि झापा हुदै भारत लगिएको प्रमाणले यो जिल्ला प्रमुख नाकाको रुपमा प्रयोग हुदै आएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापामा गत आ.व. २०७१/७२ मा मानव वेचविखन विरुद्वका १३ वटा उजुरी परेका छन् । त्यसैगरी यस जिल्लामा माइती नेपालले आ.व. २०६७/६८ देखि यस आ.व. २०७२/ ७३ को फागुन महिनासम्म १४१४ जनालाई उद्वार गरेको छ । गत बैशाख १२ गते आएको भुकम्प  र त्यसको पराकम्पन पश्चात सिन्दुपाल्चोक जिल्लाको मात्रै ४५ जना बालबालिका तथा युवतीहरुलाई बेचविखनका लागि झापा हुदै भारत लगिदै गर्दा  माइती नेपाल झापाले उद्वार गरेको थियो । जिल्ला बाल कल्याण समिति झापाको तथ्यांक अनुसार बेचविखन तथा ओसारपसारबाट प्रभावित आ.व. ०७१/७२ मा मात्रै १३७ जना बालिका र ५८ जना बालक गरी जम्मा १९५ जना बालबालिकाको उद्वार तथा पुनस्र्थापना गरिएको छ ।
मानव वेचविखन तथा ओसारपसार विश्व बजारमा कम जोखिममा अति नै  लाभदायी उद्योगको रुपमा बढ्दै गएको महिला तथा बालबालिका कार्यालय झापाका बाल संरक्षण अधिकृत रेखानाथ दाहालले बताए । ‘वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षण मानव वेचविखनका दलालहरुका लागि चलखेलको विषय बन्न पुगेको छ, अधिकृत दाहालले भने–‘ललाई फकाई तथा प्रलोभनमा पारी महिला तथा बालबालिकाहरुलाई विभिन्न क्रियाकलापको लागि बेचविखन तथा ओसारपसार गर्ने गरेको पाइन्छ ।’ मानव बेचविखन गर्ने दलालहरुले नक्कली विवाह वा प्रेम गरी, आय आर्जनको आकर्षणमा पारी, आफन्तहकहाँ पुर्याई दिन्छु भन्ने बहाना, सर्कसमा खेलाउने बाहना गरी लैजाने र त्यस पश्चात श्रम शोषण तथा यौन शोषण गर्ने , अगं प्रत्यारोपणका लागि लैजाने र औषधी वा लागू पदार्थ खुवाई लैजाने जस्ता तरिकाहरु प्रयोग गरी विदेश तथा सिमापारी लाने गरेको उनले बताए । उनले भने –‘आधुनिकताका नाममा  मोडल बन्ने, फिल्ममा हिरोइन बनाइ दिने  र पैसाका लागि धेरै जसो पढेलेखेका महिलाहरु देहव्यापारमा  फसेका छन् ।’
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले बेचविखन तथा ओसारपसारको कसुर गर्ने व्यक्तिलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।  त्यसैगरी कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृतिमा लगाउनेलाई कसूरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । मानव वेचविखन तथा ओसारपसार हुनुको मुख्य कारणहरुमध्ये मुख्यरुपमा गरीबी, बेरोजगारी, कम आयश्रोत, स्पष्ट र कडा कानूनको अभाव, भारतसंगको खुल्ला सिमाना अज्ञानता, आन्तरिक द्वन्द, बढ्दो बेरोजगारी  रहेको महिला तथा बालबालिका कार्यालय झापाकी जिवनकला राउतले बताइन् ।
नेपाल सरकारले बेचविखन पीडितलाई शारीरिक वा मानसिक उपचार गराउन, सामाजिक
रुपमा पुर्नस्थापना गर्ने उद्येश्यले  झापामा माइती नेपाल मार्फत पूर्नस्थापना केन्द्रहरु संचालन गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि झापा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला कार्य समिति  गठन भई बेचविखन नियन्त्रणका विभिन्न कार्यक्रम संचालन भएका छन् । झापाको टाघनडुब्बा, बाहुँनडागी तथा कोरोबारी गाविसमा मानब वेचविखन विरुद्वका स्थानिय समिति गठन भई क्रियासिल छ । खजुुरगाछी  गाविसमा भने हालै समिति निर्माण भएको छ । child 1

प्रकाशित मिति : १७ बैशाख २०७३, शुक्रबार  ३ : १२ बजे