३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अध्यक्ष पदमा २ जना सहित जम्मा १सय ४ जनाले उम्मेदवारी


१२ बैशाख २०७३, आइतबार  

0
Shares

दमक १२, वैशाख/ नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ झापाको क्षेत्रीय अध्यक्ष पदमा २ जना सहित जम्मा १सय ४ जनाले उम्मेदवारी दिएका छन् ।
दमकमा भएको क्षेत्रीय कमिटीको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत ५१ सदस्यीय कार्यसमितिका लागि उनीहरुले उम्मेवारी दिएका हुन्  । क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने र तुलसी प्रसाद निरौलाले उम्मेदवारी दर्ता गराएको  क्षेत्रीय निर्वाचन समिति क्षेत्र नम्वर ७ का संयोजक गजेन्द्र आचार्यले जानकारी दिनु भयो । क्षेत्रीय समितिको एक लखनपुर इन्चार्जमा सुरेन्द्र देवानको मात्र उम्मेदवारी परेको छ । देवानको मात्र उम्मेदवारी परेकोले उहाा निबिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आज   आइतवार उम्मेदवार दिएका मध्ये कतिपयले आफ्नो उम्मेदवारी फिर्ता लिदै छन् ।
यसै गरी क्षेत्रीय कमिटीको क्षेत्रीय सदस्यका लागि आदिवासी , दलित , मजदुर , युवा  र उधोगी तर्फ निबिरोध निर्वाचित  भएको निर्वाचन समितिले जनाएको छ । आदिवासी कोटामा मणीराज धिमाल र गणेश राजवंशी , दलित कोटामा शेर बहादुर बिश्वकर्मा र जय बहादुर बिश्वकर्मा  निविरोध निर्वाचित हुनु भएको  निर्वाचन समितिका सदस्य खोम बगालेले जानकारी दिनु भयो । त्यसै गरी मजदुर तर्फ दयाराम धिमाल र शान्ति राम गौतम , युवा तर्फ नम चेम्जोङ  र उधोगीमा रमेश अधिकारी निविरोध निर्वाचित हुनु भएको छ । एता क्षेत्रीय उपाध्यक्षमा जग बहादुर राई , चन्द्रकला भण्डारी , सचिवमा विश्वनाथ बराल र चक्र बहादुर गुरुङले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय उपसचिवमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरु बसन्त लक्ष्मी उदास , सीता निरौला , महेन्द्र खड्का र पदम प्रसाद न्यौपाने रहनु भएको छ ।  ५१ सदस्यीय क्षेत्रीय कमिटीको सदस्यका लागि १ सय ४  जनाले उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य खोम बगालेले बताउनु भयो । त्यसै गरी  एक  दमक इन्चार्ज पदका लागि  अम्विका खनाल , हिमालय प्रसाद दाहाल, धरमपुर इन्चार्ज पदका लागि कुल बहादुर बस्नेत र भोलानाथ चिमरियाको उम्मेदवारी दिएका छन् । तोपगाछी इन्चार्जमा पनि हिम प्रसाद दाहाल र होम बहादुर बरालको उम्मेदवारी परेको छ ।
हलबाट क्षेत्रीय सदस्य छनौट हुनका लागि ४१ जनाले उम्मेदवारी दिएका छन् । महिला तर्फ २४ जनाले उम्मेदवारी दिएका छन् । एक जनाको लागि सञ्चार फााटमा ३ जनाको , एक जनाको लागि सहकारी फााटमा २ जनाको र जनजाति तर्फ ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । भोली बिहान ११ वजेबाट मतदान हुने कार्यक्रम रहेको  एमालेले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७३, आइतबार  ८ : १९ बजे