३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अपहरणमा परेका पूर्व उपमेयर राजवंशीलाई सशर्त मुक्त


६ बैशाख २०७३, सोमबार  

0
Shares

भद्रपुर ६ , बैशाख  /  भारतीय गुप्तचर प्रहरीले झापा मेचीनगर नगरपालिका पूर्व उपमेयर जितन राजवंशीलाई अपहरण गरी कुटपिट गरेको खुलासा भएको छ ।
अपहरण पश्चात सर्तमा छाडिएका राजवंशी अस्वस्थ्य भई मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार्थ भएको क्रममा पत्रकार भेटघाटमा आफू अपहरणमा परेको वताएसंगै यस्तो रहस्य खुलेको हो ।
मेचीनगर १ बस्ने ७४ बर्र्षीय राजवंशीलाई भारतीय गुप्तचरले सात दिनपछि अर्थात बैशाख २ गते अपहरण मुक्त पारेका हुन् । उनलाई भारतको कोलकाता स्थित सियालदा रेल्वे स्टेशन बाहिरबाट अपहरण गरेको बताइएको छ ।
राजवंशी राजनीतिकर्मी साथै पेशाले पुरोहित काम गर्दै आइरहेका छन् । भारतको पानीटंकी बस्ने खगेश्वर सिंह राजवंशीले कोेलकाताको घरमा पूजापाठ लगाउनु छ भन्दै उनलाई चैत २६ गते सिलुगुडी हुदै कोलकाता लगेको बताइएको छ । पीडित राजवंशीका अनुसार कोलकाता रेल्वे स्टेशन बाहिर निस्किन साथ केही अपरिचित समूहले दुवै जनालाई जिपमा चढन लगाए र गाडीमा चढन साथ मेरो अनुहारमा कालो मास लगाएर अज्ञात एक घरमा पुयाएर बन्धक बनाएको बताए ।
नयाँ ठाउ त्यसमाथि अपहरण परेको महसुस गर्दै ‘तपाईहरु को हो, र ‘हामीलाई कि बन्धक बनाएको’ भन्दै प्रश्न गर्दा ती समूहले भारती भन्ने महिला कहाँ छ भन्दै शारीरीक तथा मानिसक यतना दिएको घटना भावुृक हुदै उनले पत्रकारलाई सुनाए । भारती भन्ने महिला जिम्मा नलगाएमा जे पनि हुन सक्ने जस्ता धम्कीपूर्ण भनाइले गर्दा आफू भारतमा मर्नु भन्दा नेपालमै ज्यान गएपनि जाओस भनेर अपहरणवाट उम्कनको लागी उनीहरुले भने बमोजिम सात दिनभित्र महिला जिम्मा लगाइदिने लिखित कागज गरेपछि घर पठाएको उनले बताए ।
उनका अनुसार भारती भन्ने महिला भारतको कान्तापुरी नकशल समूहमा आवद्ध भएको महिला हुन् ।
उनको खोजीका लागि भारतीय गुप्तचर प्रहरीले मलाई अपहरण गरेको हो । ती महिलासंग चार वर्ष अघि भारतको शिव मन्दिरमा आयोजित राजवंशी विकास समितिको भाषा सम्मेलनमा भेट भएको थियो । सोही बेला चिनजान भएको र अहिले ती महिलाको बारेमा आफुलाई थाहा समेत नभएको उनले पत्रकारलाई बताए । उनले आफु भारतीय गुप्तचर प्रहरीबाट असुरक्षित भएकोले आफ्नो जिउधनको रक्षाका लागि सबै समक्ष अपिल पनि गरेका छन् । आफु अपहरणमा परेका घटनाको बारेमा इलाका प्रहरी कार्यालय काकरभिटटामा जानकारी गराउदै मलाई कोलकाता लैजाने खगेश्वरमाथी शनिवार किटानी जाहिरी समेत दिइसकेको उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  ७ : ३८ बजे