३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कतारसँग बिप्पा सम्झौता गर्न कसरत


६ बैशाख २०७३, सोमबार  

0
Shares

काठमाडौं ६ , वैशाख / कतारसँग द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) गराउन एमाओवादी उपाध्यक्ष रहेका पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेका छन् ।
कतार प्रतिव्यक्ति आयका आधारमा विश्वकै धनी मुलुक मानिन्छ ।

हाल नयाँ शक्ति नेपालका संयोजक रहेका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका श्रेष्ठले भारतसँग बिप्पा गर्नु गलत भएको भन्दै विरोध गरेका थिए । भट्टराईले भारतसँग बिप्पा गर्दा मोहन वैद्यले आफ्नै पार्टीका नेताविरुद्ध कालो झण्डा प्रदर्शन गर्न लगाएका थिए । त्यतिबेला वैद्य र भट्टराई एमाओवादी मै थिए ।

कतारले पठाएको बिप्पाको मस्यौदामाथि सरकारमा छलफल गराई द्विपक्षीय सम्झौता गर्ने चरणमा प्रवेश गराउने आश्वासन श्रेष्ठले कतारी सरकारी अधिकारीलाई दिएका छन् ।

एमाओवादी अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका श्रेष्ठले कतार सरकारलाई नेपालमा लगानी गर्न र व्यापारका लागि अपिल गरेपछि कतारका सहायक परराष्ट्रमन्त्री सुल्तान विनसाद अल मुराईखीले बिप्पाको मस्यौदा नेपालसमक्ष पठाएका हुन् ।
–अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  ६ : ४६ बजे