१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिरुवा पर्व शुरु


३० चैत्र २०७२, मंगलबार  

0
Shares

गौरीगंज ३०,  चैत / नयाँ वर्षसंगै पुर्वी नेपालका राजवंशी समुदायले पानी छ्यापेर मनाउने सिरुवा पर्व सुरु भएको छ ।  नयाँ वर्षको आगमनसगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशीलगायत थारु, गनगाई, ताजपुरिया, माझी समुदायका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउादैछन् ।
तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा खेल्ने गरिन्छ । एकआपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको छ ।
चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठा–मिठा परिकार समेत खाने गरिन्छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ । सिरुवा पर्वमा     ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पुजा गरिन्छ । सिरुवा पर्व पुर्वी नेपालको झापा, मोरड, सुनसरीमा विशेषरुपले मनाउने गरिन्छ । नेपाल बाहेक भारतको आसाम,मेघालय, पश्चिम बंगाल, कोचबिहार तथा पानी ट्यांकीमा समेत ३ दिन सम्म यो पर्व हर्षोल्लासका मनाउने गरेको राजवंशी समाज विकास समिति झापा जिल्ला अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले बताए ।
पहिलो दिन पानी सिरुवामा गाजीमुरी(चना र मुरई) खुवाएर पाहुनालाई  स्वागत सत्कार गर्ने परम्परा रहेको छ ।
विशेषगरी यी जातिहरुले मुख्य पर्वको रुपमा मनाउादै आएको सिरुवा पर्वको ऐतिहासिक तथ्यबारे युवापुस्ताहरु जानकारी लिन थालेका छन् । तर, परम्परागत रुपमा मनाउादै आएको यस पर्वको विशेष सांस्कृतिक र ऐतिहासिक महत्व रहादै आएको छ ।
तराई क्षेत्रमा बसोबास गर्दै आएका भूमीपुत्रको रुपमा चिनिने यी आदिवासी समुदायहरुको जातीय पर्वको रुपमा मानिने सिरुवा पर्व पछिल्लो समय लोप हुादै गएको महशुस स्वयम् आदिवासी समुदायले गर्न थालेका छन् ।
पर्वको अवसर पारेर राजवंशी समाज विकास समिति  भेरुवाले विशेष कार्यक्रमको आयोजन गरेको छ । त्यसैगरी हुकाहुकी मिडिया ग्रुप र हुकाहुकी बालक्लब दुवागढीले सामुहिकरुपमा रङ्ग, कादो र पानी खेली सांस्कृतिक नाच–गानसहित सिरुवा महोत्सवको आयोजना गर्दै छ । त्यसैगरी झापाको बनियानी, पाँचगाछी, टांघनडुब्बामा विशेष कार्यक्रमको आयोजना गरी सिरुवा पर्व मनाइदैछ । राजवंशी समाज विकास क्षेत्रिय समिति काठमाडौले अघिल्लो वर्ष झैं विभिन्न सांस्कृतिक नाच गानसहित सिरुवा पर्व मनाउँदैछ ।

प्रकाशित मिति : ३० चैत्र २०७२, मंगलबार  ३ : ४६ बजे