६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

झापा गोल्ड कप फुटबलको उपाधि आर्मीलाई


२७ चैत्र २०७२, शनिबार  

0
Shares

 armiनेपाल आर्मी क्बलले झापा गोल्ड कप फुटबलको उपाधि जितेको छ। शनिवार भएको फाइनल खेलमा झापा ११ लाई एक सून्य गोल अन्तरले पराजित गर्दै नेपाल आर्मीले उपाधि उचालेको हो। नेपाल आर्मीले यो सिजन उचालेको यो पहिलो उपाधि हो।  आर्मीलाई उपाधि दिलाउन नवयुग श्रेष्ठले खेलको १८ औँ मिनेटमा गरेको गोल नै प्रयाप्त भयो। नवयुगले विमल राना मगरले उपलब्ध गराएको पासमा उत्कष्ट गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। श्रेष्ठले गरेको एकमात्र गोल जितका लागि निर्णायक बन्यो।

उपाधिसँगै आर्मी ६ लाख रुपैयाँ नगद हात पारेको छ। उपविजेता झापा-११ ले भने तीन लाख रूपैयाँमै चित्त बुझाएको छ।  चैत १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए।

प्रकाशित मिति : २७ चैत्र २०७२, शनिबार  ११ : १४ बजे