६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मेरो नसा-नसामा फुटबल छ : मेचे


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

 झापा २७,   चैत  /  मानिसको स्वभाव पनि फरक फरक हुन्छ र रुची पनि । त्यसमा पनि मानिसको स्वस्थ्यसँग जोडिएको खेलकुदमा मानिसहरुको आकर्ण बढ्दै छ । त्यसमध्ये झापाका एक ब्यक्ति भने खेलकुदको नाममा ठूलो मन बनाएर लोकप्रीय बनेका छन् ।

उनी हुन् झापा धाइजन निवासी नरेन्द्र मेचे । उनी खेलकुद भनेपछि मरिहत्ते गर्छन् । चाहे भलिबल होस् या फुटबल । उनी आफू खेल्दैनन् तर खेलकुद भन्नेबित्तिकै सहयोग गर्न भने हौसिहाल्छन् ।

खेलकुदमा निक्कै रुची रहेका उनले यही वैशाख २ गतेदेखि हुने मोफसलकै सर्वाधिक राशिको राष्ट्रिय भलिवल प्रतियोगिताको लागि ६ लाख सहयोग गरेका छन् । नेपाली खेलकुदले व्यक्तगत रुपमा पाएको सायद यो सबैभन्दा धेरै रकम हुनुपर्छ ।

‘मेरो नसा-नसामा फुटबल छ’, खेलप्रतिको मोह दर्शाउँदै मेचेले भने- ‘हाम्रो पालामा खेल खेल्ने ठाउँको अभाव थियो तर पनि खेल्न मन लाग्थ्यो ।’

खेलप्रेमी मेचेले खेलकुदले युवापुस्तालाई सही दिशातर्फ डोर्‍याउन मद्दत पुग्ने हुँदा यसका लागि आफु सकेजति सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उने भर्खरै धाइजन सहरेडाँगीमा सम्पन्न पूर्वाञ्चलस्तरीय भलिबल प्रतियोगितामा १ लाख ११ हजार सहयोग गरेका थिए । त्यतिमात्र होइन, दुवागढी, धाइजनलगायतका स्थानीय क्षेत्रमा भएका वडास्तरीय प्रतियोगितामासहयोग गरेर खेलकुद क्षेत्रको विकासमा आफूलाई समर्पित गरेको उनको भनाइ छ ।

‘राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्न पाउनु हाम्रो गौरवको विषय हो’, उनी भन्छन् -‘यसखाले प्रतियोगिताले स्थानीय क्षेत्रलाई चिनाउन मद्दत गर्छ ।’

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ५ : २९ बजे