२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

हुलाकी राजमार्ग कालोपत्रे गर्ने


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

 झापा २७, चैत /वर्षौंदेखि हल्लामा सीमित रहँदै आएको बहुचर्चित हुलाकी राजमार्ग कालोपत्रे गर्ने कार्यको शिलान्यास भएको छ।
झापाको भद्रपुरदेखि कञ्चनपुरसम्म मधेसलाई सडक सञ्जालबाट जोड्ने पाँच दशकअघि देखिको परिकल्पनामा नयाँ आयाम थप्दै झापाको जलथलमा हुलाकी राजमार्गको पहिलो चरणको कालोपत्र निर्माणको थालनी गरिएको छ ।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले कालोपत्र गर्ने कार्यको औपचारिकरुपमा शुभारम्भ गरेका हुन्। हुलाकी राजमार्ग आयोजनाको भद्रपुरदेखि रतुवा खोलासम्म ५० किलोमिटर सडक झापामा पर्छ। त्यसमध्ये भद्रपुरको झापाचोकदेखि जलथलको बडावारीसम्मको २० किलोमिटर खण्डमा पहिलो चरणमा कालोपत्रे हुने भएको हो।
पाँचथरको आशिष थाम्सुहाङ जेभीले हुलाकी राजमार्गको २० किलोमिटर खण्डको कालोपत्र गर्न २६ करोड ४३ लाख रुपैयाँमा ठेक्का लिएको छ। निर्माण कम्पनीका सञ्चालक तेजकुमार कुरुम्वाङले गत माघ १३ गते ठेक्कासम्बन्धी सम्झौता भएको र २०७५ साल साउन १२ गतेभित्रमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सर्त रहेको जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ५ : १४ बजे