३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

वाल सेवा निमाविको १४ बुद्वेँ प्रतिवद्वता


२५ चैत्र २०७२, बिहिबार  

0
Shares

दमक २५, चैत/  झापाको शिवसताक्षी नगरपालिकामा रहेको वाल सेवा निमाविले बिद्यालयको शैक्षिक गुणस्तर माथि उठाउने उद्येश्यले शैक्षिक सत्र २०७३ को लागि १४ बुधेँ प्रतिवद्धता पत्र सार्वजानिक गरेको जनाएको छ ।
.  बिद्यालयले आज आयोजना गरेको बार्षिक नतिजा प्रकाशन तथा अभिभावक भेला कार्यक्रममा प्रधानध्यापक बेनु कार्कीले उत्कृष्ठ  नतिजा प्रकाशन गर्न र वालमैत्री शिक्षण कायम गर्ने उद्येश्यले प्रतिवद्धता पत्र प्रस्तुत गर्ने भएको हो ।  बिधार्थीको परीक्षा पुस्तिका जाँच गरी सकेपछि  सो पुस्तिकालाई ब्यवस्थि गरी सम्वन्धि बिधार्थीका अभिभावकलाई दिने, वर्षमा ४ पटक आवधिक परीक्षा लिने , बिद्यालयमा वाल मैत्री वातावरण प्रदान गर्ने , बिधालयको फुलवारीलाई ब्यवस्थित गरी एक सय गमला थप्ने  लगायतको प्रतिवद्धता  पत्रलाई अभिभावकले स्वागत गरेको बिद्यालयको सञ्चालक समितिका अध्यक्ष मोहन चौहानले बताउनुभयो । यस प्रतिवद्धतालाई सफल पार्न आम अभिभावकलाई  सञ्चालक समितिलाई खबरदारी गर्न अध्यक्ष चौहानले आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुधे स्रोत केन्द्रका स्रोत ब्यक्ति कृष्ण भण्डारीले १४  बुद्वेँ प्रतिवद्धता पत्र कार्यन्वयनका लागि अभिभावक , शिक्षक र बिधार्थीहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो ।  बिद्यालयमा अग्रेजी माध्यमबाट पठाउन  आर्थिक सहयोग गर्ने श्रीमती भवानी शेर्मा , चन्द्र बहादुर ल्वागुन , शान्ति नेम्वाङ, र बिधालयका सञ्चालक समितिका सस्थापक सदस्य दिपेन्द्र राज चेम्जोङ लगायतका ११ जना दातालाई प्रमुख अतिथि भण्डारीले सम्मान गर्नुभएको थियो ।  कक्षा नर्सरी देखि ७ सम्मको नतिजा प्रकाशन गरिएको बिधालयले जनाएको छ  ।

प्रकाशित मिति : २५ चैत्र २०७२, बिहिबार  १२ : ३४ बजे