३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मिस एसएलसी झापा– २०१६ हुने


२१ चैत्र २०७२, आइतबार  

0
Shares

बिर्तामोड २१, चैत /  ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले  एसएलसी परीक्षा दिएका छात्राहरुलाई लक्षित गर्दै मिस एसएलसी झापा २०१६ गर्ने भएको छ । बिद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फोटन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागेको कम्पनीका निर्देशक तथा कार्यक्रम संयोजक प्रणित पुडासैनीले जानकारी दिनु भयो । प्रतियोगितामा २०७२ सालमा एसएलसी द्एिका छात्राहरुले सहभागीता जनाउन पाउनेछन् । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टकै ब्यानरमा मेचि अञ्चल भरिका किशोरीहरु सहभागी हुन पाउने गरी मिस मेची २०१६ पनि हुदैछ ।
मिस मेचीमा २४ बर्ष उमेर समुहका किशोरीहरुले भाग लिन पाउने छन् । दुवै प्रतियोगिताका बिजेताले जनही ५० हजार नगद उच्च शिक्षाका लागी पुर्ण छात्रबृत्ती ,चलचित्र तथा म्युजिक भिडियोमा अभिनयको अवसर पाउनेछन् । दुवै प्रतियोगीताको अडिसन यहि वैशाख ७ गते झापाको बिर्तामोडमा हुदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७२, आइतबार  १ : ०१ बजे