१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिचान विरोधी भएको भन्दै ९ जनजाति नेताहरुको नाम प्रचारमा


१९ जेष्ठ २०७३, बुधबार  

0
Shares

 

Pahichan-birodhi-1-800x500_c

काठमाडौं, जेठ १९ । सामाजिक सञ्जाल फेसबुक मार्फत पहिचान विरोधी भएको आरोप लगाउदै ९ जनाको नाम केही दिन अघिदेखि प्रचार भइरहेको छ ।

सामाजिक सञ्जालमा फोटोसपबाट मिलाएर राखिएको ९ जनाकै तस्वीरहरु समेत राखिएको छ । एमालेका सुवास नेम्वाङ, कृपासुर शेर्पा, शेरधन राई, पेम्बा भोटे, शान्ता चौधरीको नाम र तस्वीर राखिएको छ ।
त्यसैगरी कांग्रेसका ईन्द्रबहादुर गुरुङ, धनराज गुरुङ, नगेन्द्र कुमाल र कुलबहादुर गुरुङको तस्वीर र नाम राखेर पहिचान विरोधी भन्दै प्रचार भएको पाइएको छ । ‘पहिचान विरोधी जनजाति हस्तिहरु’ भन्दै दायाँतिर एमाले र बायाँतिर कांग्रेस सम्बद्ध नेताहरुको तस्वीर राखिएको छ ।

नगेन्द्र कुमाल र पेम्बा भोटे क्रमस नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष र महासचिव हुन् । महासंघको अध्यक्ष भएपछि कुमाल कांग्रेसबाट र भोटे एमालेबाट तत्कालिन सभासद तथा अहिले व्यवस्थापिका संसद सदस्य हुन् । शेरधन राई नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री हुन् । सुवास नेम्वाङ जारी संविधान निर्माण गर्ने सभाको अध्यक्ष थिए ।

प्रचार भइरुहेको तस्वीरलाई शेयर गर्दै पेम्बा गेल्जु शेर्पाले तेस्रो जनआन्दोलनले हिसाव किताव राख्ने बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७३, बुधबार  ६ : ५९ बजे