३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

असहयोग गरे संयुक्त राष्ट्रसंघ जान्छौ : पाठक


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

उदयपुर १९, चैत /  वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य तथा प्रवक्ता बिष्णु पाठकले वेपत्ता छानविन गर्ने कार्यमा आयोगलाई सरकारले असहयोग गरे आफुहरु संयुक्त राष्ट्रसंघलाई गुहार्न बाध्य हुने चेतावनी दिएका छन ।
आयोगले शुक्रबार गाईघाटमा आयोजना गरेको पीडित परिवार र सरोकारवालासागको अन्तरक्रियामा बोल्दै पाठकले आयोगलाई काम गर्न दिईएन भने अन्तराष्ट्रिय अदालतमा जाने बताए ।
उनले सरकारले सहयोग गर्न नसक्दा वेपत्ताको छानविन प्रकृया अगाडी बढाउन ढिलो गरेको जानकारी दिए । ‘वेपत्ता आयोगको प्रस्तावित नियमावली सरकारले कााटछााट गरी आयोगको क्षेत्राधिकार सााघुरो बनाएको छ ।’ प्रवक्ता पाठकले भने ‘नियमावलीमा वेपत्ता पार्नेलाई पक्राउपुर्जी जारी गर्ने, तारेखमा राख्ने, राहदानी रोक्का गर्ने लगायतका व्यवस्थालाई कटौती गर्दा कामकारवाहीमा अवरोध सृजना भएको छ ।’
जिल्लामा वेपत्ता पारिएका २३ व्यक्ति मध्ये १७ जनाले अझै पनि राहत पाएका छैनन् । वेपत्ता परिवारहरुले बेपत्ताको अवश्था सार्वजानिक नगरिादा आफुहरुलाई संस्कार गर्न गार्हो भएको गुनासो गरेका थिए ।  कार्यक्रममा सहभागि मानवअधिकारकर्मीहरुले दोषिलाई कारवाही गर्न ऐन कानुन नबनेसम्म पीडित परिवारले न्यायको अनुभूति गर्न नसक्ने बताएका थिए । कार्यक्रममा सशस्त्र द्वन्द्वकाक्रममा वेपत्ता भएका व्यक्तिका आफन्तले अझैपनि राहत नपाएको गुनासो पोख्नुभयो ।
वेपत्ता परिवारका सदस्य त्रियुगा नगरपालिका १ का लक्षीमाया आचार्यले वेपत्ता आफ्नो कान्छो छोराको सास कि लास दिनु पर्याे भनेर आयोग समक्ष प्रश्न गरिन ।
वेपत्ता हरी फुयाालकी पत्नी दुर्गादेवी फुयाालले छोराछोरीको शिक्षादिक्षा र पालनपोषणमा समस्या भएको गुनासो राखिन ।  बेपत्ता परिवारले अनुसन्धानलाई तिव्रता दिई घटनालाई वाहिर ल्याउन आयोग समक्ष आग्रह गरिएको थियो । कार्यक्रममा सहभागि मानवअधिकारकर्मीहरुले दोषिलाई कारावही गर्न ऐनकानुन नबनेसम्म पीडित परिवारले न्यायको अनुभूति गर्न नसक्ने बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ४ : १४ बजे