१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतले ‘पिच’ बदल्यो


१४ चैत्र २०७२, आइतबार  

0
Shares

चैत्र १४ / विश्व टिट्वान्टी क्रिकेटको सेमिफाइनल पुग्नका लागि अस्ट्रेलिया विरुद्ध आज साँझ हुने निर्णायक खेलमा भारतले ‘पिच’ परिवर्तन गरेको छ ।

भारतको मोहालीमा हुने खेलका लागि अस्ट्रेलिया र पाकिस्तान खेलेको पिच तय गरिएकोमा भारतीय टिम व्यवस्थापनको आग्रहमा पिच परिवर्तन गरिएको हिन्दुस्तान टाइम्सले लेखेको छ । परिवर्तित पिचमा स्पिन बलरलाई फाइदा हुने मानिएको छ ।

यसअघि भारतीय टिम व्यवस्थापनकै आग्रहमा न्युजिल्यान्डविरुद्ध नागपुरमा भएको खेलमा पनि पिच परिवर्तन गरिएको थियो । तर, त्यो खेलमा भारत पराजित भएको थियो ।

महत्वपूर्ण खेल भएकाले भारतीय पक्षले आफूलाई फाइदा हुने गरि पिच परिवर्तन गरेको अनुमान गरिएको छ । पछिल्लो समयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) मा भारतीय पकड बलियो मानिन्छ ।

इंगल्यान्ड र अस्ट्रेलियाको पकडमा रहेको आइसीसीमा अहिले ठूलो बजार भएको भारतको प्रभाव बढी छ । भारतीय टिम व्यवस्थापन र क्रिकेट बोर्डले बेलाबेला यसको ‘उपयोग’ गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ४ : ०१ बजे