३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सूचना प्रवाह तथा विकास पत्रकारिता प्रशिक्षण सुरु


१३ चैत्र २०७२, शनिबार  

0
Shares

भद्रपुर, चैत १३।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा भद्रपुरमा शनिवारबाट ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुई दिने प्रशिक्षण शुरु भएको छ ।11235282_1072222709503895_8757911719929790409_n

महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले गरेका थिए ।

प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले गरिरहेका छन् ।

प्रशिक्षण उद्घाटन समारोहमा विशिष्ठ अतिथि महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, अतिथिहरु महासंघ झापाका पूर्व अध्यक्ष एवम् नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही, महासंघका निवर्तमान केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष गणेशमान मुखिया, आदिवासी पत्रकार संघका जिल्ला अध्यक्ष तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताले सरकारी कार्यालयबाट हुने सूचना प्रवाहलाई प्रभावकारी बनाउादै विकास पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनीहरुले सरकारी कार्यालयका सूचना अधिकारीलाई तत्काल सूचना उपलब्ध गराउन र पत्रकारलाई अझ जिम्मेवार भएर प्रस्तुत हुन समेत सुझाव दिए ।

महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासंघका सचिव एकराज गिरीले गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७२, शनिबार  ४ : १९ बजे