१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा गोल्डकप सुरु, झापा ११ र साङलीबिच उद्घाटन खेल


१८ चैत्र २०७२, बिहिबार  

0
Shares

बिर्तामोड १७, चैत /  मोफसलकै सर्वाधिक पुरस्कार राशीको अन्तराष्ट्रिय आमन्त्रण रमपम झापा नकआउट गोल्डकप फुटबल अहिले केहीबेरमै सुरु हुँदैछ ।

उद्घाटन खेल रमपम झापा ११ र भारतको साङली डिस्ट्रिक फुटबल एसोसियसन मुम्बईबिच हुने भएको छ । आजसम्म आमने सामने नभएका दुई टीमबिच रोचक भिडन्त हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागि हुन महाराष्ट्रको ‘ए’ डिभिजन क्लब साङली एकसातादेखि झापामा आएर अभ्यासमा ब्यस्त छ । उसका लागि नयाँ प्रतिद्वन्दी रमपम झापा ११ सँगको भिडन्त रोचक हुने र नेपालको चर्चित टीम रमपम झापा ११ को खेललाई नजिकबाट नियाल्ने मौका पाएको टीमका प्रशिक्षक जुमेर जमदारले प्रि–म्याच कन्फ्रेन्समा बताए ।

झापाका प्रशिक्षक भगिरथ आलेले पनि नयाँ टीम भएका कारण उद्घाटन खेल रोचक हुने बताए । उनले आफ्नो टीममा अन्तराष्ट्रिय प्रतियोगिता खेलेका चार जना नयाँ खेलाडी समावेश गरेको जानकारि दिँदै झापा ११ ले जित हाँसिल गर्न सफल हुने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७२, बिहिबार  ११ : २५ बजे