१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पानी नपरेपछि किसान चिन्तित


९ चैत्र २०७२, मंगलबार  

0
Shares

 

 

paddy

आत्माराम राजवंशी
खजुरगाछी, १० साउन / धान खेतका लागि चाहिने पर्याप्त वर्षा हुने  कुनै संकेत नदेखेपछि यहाँका किसानहरु चिन्तित बनेका छन ् । आधा साउन वित्न लाग्दा पनि झापाको अधिकांस क्षेत्रका  आकाशे पानीका भरमा धान रोपाई  गर्ने किसानहरु वर्षा हुने कुनै छाटकाट नदेखेपछि निराश भएका छन ् ।  सिचाईको वैकल्पिक उपाय नभएका  अधिकांश किसानहरुले ब्याड समेत राख्न नसकेको र भएका ब्याड पनि सुकेर नष्ट भएको उनीहरु बताउँछन ् ।  झापा खजुरगाछी –६ का कृषक धनलाल राजवंशी भन्छन् – ‘ खेत जोतेर सकिए पनि पानी नभइदिदा  खेत  जम्मै बाझै छ ।’ ५ विघा खेतमा धान खेती गर्दै आएका राजवंशी यस वर्षको जस्तो कहल्यै यस्तो मौसम नभएको उनले बताए । धान खेती हुने जिल्ला मध्ये झापालाई अग्रणि जिल्लाको रुपमा चिनिए पनि सिंचाईको प्रयाप्त वैकल्पिक उपाय नभइदिदा यस वर्ष अधिकांस क्षेत्र बाझै रहने  किसानहरु बताउँछन् । कतिवेला पानी पर्ला र खेत हिल्याने भन्ने कुनै टुंगो नभएकोले धान खेतीप्रतिको लगाव र झुकाव घट्दै जाने उनीहरुको  भनाई छ ।महारानी झोडाका कृषक नरेन्द्र कुमार डाँगी भन्छन् –‘ धान खेती छोडेर अब वैकल्पिक खेती गर्नु पर्ने बेला आएको छ । यसमा नै किसनाललाई बढी फाइदा हुन्छ ।  उनी थप्छन् – ‘न त  चैते धानको मुल्य नै पाइयो  न असारे रोपाई नै गर्न पाइयो । दुवै वाली नोक्सानीमा जाने भो ।’
१ विघामा चैते धान उब्जाएका यसपाली मुल्य नपाएर अधिल्लो वर्षाको भन्दा आधा मुल्यमा बेच्नु परेको उनले बताए । धान साहुहरु धान किन्नै नमाने पछि बाध्यताले कमै  मुल्यमा बेच्नु परेका गुनासो सुनाए । लागत मुल्य नै उठाउन गाह्रो भएको उनको भनाई छ । गौरीगंजका अर्का किसान गंगा राजवंशीले बोरिङ्गबाट पानी हालेर २ विघा खेती सकाएका उनी शुरुका दिनमा राम्रै धान फल्ने आंकलन गरेका थिए । तर आकाशे पानी नभए पछि बोरिङ्गबाट पानी खेतमा लगाउदा लगाउला लागत खर्च पनि नउठने भय उनमा छ ।  उनी भन्छन् –‘ शुरुमा बोरिङ्गबाट पानी  हालियो १५ दिन पछि खेतमा भएको पानी सबै सुकेर खेतै चिरा चिरा पर्न लागिसक्यो । कति बोरिङ्गबाट पानी हाल्नु । ’  समयमै खेत रोपाई सके अब धान राम्रै फल्ने भो चिताएका उनी डिजलको मुल्य, खेतालाको ज्याला सबै जोड्दा लागत खर्च पनि नउठने चिन्ता व्यक्त गरे ।
जिल्ला कृषि कार्यालय  झापाका सुचना अधिकृत शालिकराम भट्टराईका अनुसार धान उत्पादनका हिसाबले  देश कै उत्कृष्ट मानिएको झापाको भूभागमध्ये करिब ३८ हजार हेक्टर भुभाग मात्रै सिँचाई सुविधा छ । सुचना अधिकृत भट्टराईको तथ्यांकलाई लिने हो भने झापाको बाँकी भूभागमा किसानहरुले धान खेती गर्न  आकाशे पानीको भर पनु पर्ने बाध्यता छ ।
सरकारले किसानहरुलाई प्रोत्साहनका लागि विभिन्न कृषि अनुधान र कार्यक्रमहरु ल्याएपनि धान खेतका लागि पानीको राम्रो बन्दोबस्त नगरिदिएका कारण वैकल्पिक पेशा अवलम्बन गर्नेतर्फ उन्मुख भएको  उनीहरुको भनाई छ  । राज्यले किसानका लागि विउ विजन, मललगायत अन्य सहुलियत दरमा र प्रर्याप्त रुपमा उपलब्ध नगरिएका कारण कम गुणस्तरका भारतिय मल प्रयोग गर्नु परेको बाध्यता उनीहरु बताउँछन् ।
फोटो पनि छ ।

प्रकाशित मिति : ९ चैत्र २०७२, मंगलबार  १० : ११ बजे