वि.स.२०१३ सालमा पिता स्व.गुनीलाल र माता स्व.चन्हावती राजवंशीको एक मात्र सन्तानका रुपमा जन्मिएका हुन् देवीप्रसाद राजवंशी । उनले वि.स.२०३० सालमा गौरीगञ्ज माध्यमिक विद्यालयबाट एस. एल. सी. सम्मको अध्ययन पूरा गरेका थिए । वि.स.२०३१ फागुन १ गतेदेखि गौरीगञ्ज प्राथमिक विद्यालयमा शिक्षण सेवामा प्रवेश गरेका देवीप्रसाद राजवंशी सोही विद्यालयबाट २०५३ साल फागुन मसान्तबाट अवकास पाएका हुन् ।…