११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाले निःशुल्कमा कृषकलाई विउविजन वितरण गर्ने


२६ पुस २०७५, बिहिबार  

0
Shares

20190110_204607

गाैरीगंज २६, गाैरीगंंज गाउँपालिकाले कृषकहरूका लागि चैते धानकाे बीउ र मुङ्ग दालकाे बीउ निशुल्कमा वितरण गर्ने भएकाे छ ।
गाउँपालिकाकाे वार्षिक कार्यक्रम अनुसार वार्ड नं १, २, र ३ मा चैते धानकाे बीउ र वार्ड नं ४, ५ र ६ मा मुङ्ग दालकाे बीउ वितरण गर्न लागेकाे हाे ।

गाउँपालिका भित्र रहेका कृषि फर्म, कृषक समूह, कृषि सहकारी, कृषि उधमीलाई चैते धान बीउ १ सय ९७ विगाह र मुङ्ग दाल बीउ २५ विगाह खेतमा कृषि विकास शाखामार्फत निशुल्क वितरण गर्न लागिएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
गाउँपालिकाले कृषि विकास शाखामार्फत सुचना प्रकाशित गरि १ देखि ६ नं वडासम्मका कृषकलाई पुस ३० गते भित्र निशुल्कमा बीउ विजन लिनका लागि निवेदन आव्हान गरेकाे छ ।
FB_IMG_1547129640179

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  ३ : ०३ बजे