गाैरीगंज २, कार्तिक / ईलाका प्रहरी कार्यालय गाैरीगंजले दशैंकाे अवसरमा लाग्ने मेला वजार पुर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठसहित ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे परिसरमा आज बसेकाे सर्वपक्षिय बैठकले मेला बजार बन्द गर्ने निर्णय गरेकाे हाे । चाडपर्वका समयमा मंदिरा जन्यपदार्थ वेचविखन गर्ने पसलहरू वेलुका ८.३० बजेसम्म मात्र खाेल्न पाउने…