१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे जनसेवा सहकारीले वेराेजगार युवालाई विना धिताे ऋण लगानी


१८ मंसिर २०७७, बिहिबार  

0
Shares

गाैरीगंज १८, मंसिर / वेराेजगार युवाहरूलाई सहुलियत ब्याज दरमा ऋण लगानी गरी स्वराेजगार बनाउन यहाँकाे एक सहकारीले विहिवार एक दिने स्वराेजगार तालिम सञ्चालन गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रका २ दर्जन भन्दा बढी युवाहरूलाई युवा तथा साना व्यवसायी स्वराेजगार तालिम दिएकाे हाे ।
युवा तथा साना व्यवसायी स्वराेजगार काेष सचिवालय मार्फत तालिममा सहभागी युवाहरूलाई सहकारीले स्वराेजगार बनाउन विना धिताे ८ प्रतिशत व्याजदरमा ऋण लगानी गर्न लागेकाे सहकारी संस्थाका प्रबन्धक दुर्लभमान श्रेष्ठले बताए ।
संस्थाले छनाैटमा परेका युवाहरूलाई व्यक्तिगतरूपमा विना धिताे वढीमा २ लाख रूपैयाँ र २५ जनाकाे समुहमा अधिकतम् ५० लाख रूपैयाँसम्म आवधिक ऋण उपलब्ध गराउने छ ।
३ बर्षमा तिर्न सकिने ब्याज र ऋणकाे युवा स्वराेजगार कार्यक्रममा व्यवसाय र व्यवसायीकाे निःशुल्क बीमा गरिदिने तालिममा जनसेवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा तालिमका सहजकर्ता कर्मा शेर्पाले बताएका छन् । ऋणकाे अवधि पछि ऋणीलाई जम्मा बुझाएकाे ब्याजकाे ६० प्रतिशत ब्याज रकम फिर्ता गरिने प्रावधान रहेकाे संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।
युवा तथा साना व्यवसायी स्वराेजगार काेष सचिवालयमार्फत यस किसिमकाे कार्यक्रम भने गाैरीगंजमा दाेस्राे पटक हाे ।
पहिलाे चरणकाे कार्यक्रम सफल पछि संस्थाले दाेस्राे चरणकाे कार्यक्रम गरिएकाे संस्थाका अध्यक्ष शेर्पाले बताए । यस क्षेत्रमा काेहि पनि युवा वेराेजगार नबसुन र आफ्नै देशमा व्यवसाय गरेर स्वराेजगार बनुन भन्ने उदेश्यले याे अवसर संस्थाले युवाहरूलाई जुराईदिएकाे अध्यक्ष शेर्पाकाे भनाई थियाे ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १ : ५० बजे