झापा / झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो। यस जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४ सम्बेदनशील र १३० मतदान स्थललाई समान्य रहेको प्रहरीले जनाएको छ। पाँच निर्वाचन क्षेत्र…