५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फरक क्षमता भएका दिलकुमारले सके दुई विषयमा डिग्री

बिर्तामोड २७, साउन / अपांगता भएका नागरिकको अधिकारका लागि क्रियाशिल दृष्टिबिहीन दिल कुमार राजवंशीले दूई विषयमा स्नाताकोत्तर (डिग्री) सकेका छन् । झापा हल्दिवारी–४ का राजवंशीले बुबाआमाले ज्याला मजदुरीबाट भएको सहयोग र केहि दाताको सहयोगमा ब्रेललिपीको प्रयोगबाटै डिग्री सकेका हुन् । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट उनले पोलिटिक साइन्स् र सोसियोलोजीमा डिग्री गरेको जानकारी दिएका छन्…