१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ठुलाे परिमाणकाे खैराे हिराेेेेइ सहित गाैरादहका सुनिल बराल पक्राउ


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

20191128_163859
दमक १२, मंसीर / झापाको दमक र गौरादहबाट ठुलो परिमाण प्रतिवन्धित लागूऔषधसहित तीन जना कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । ती कारोवारीको साथबाट करिव ५ सय ७० ग्राम खैरो हिरोइन जस्ता प्रतिवन्धित लागूऔषधहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । बरामद गरिएको लागूऔषध जिल्लामा हालसम्मकै सवैभन्दा ठुलो परिमाणको भएको प्रहरीको दावी छ ।

लागूऔषधका कारोवारीद्धय सार्वजनिक : प्रतिवन्धित लागूऔषधका कारोवारीद्धय झापा,गौरादह ३ का ३२ बर्षिय सुनिल बराल र भारत मुरसीदावाद घर भएका २७ बर्षिय टुटुल भन्ने रिन्टु सेखलाई प्रहरीले सार्वजनिक गरेकाे हाे ।

उनका अनुसार दुई साताका अवधिमा दमकमा दुई र गौरादहबाट तीन जना लागूऔषधका कारोवारीलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो । भारतीय सिमावर्ती गौरीगञ्ज नाका हुदै भित्रयाँउन लागेको अवस्थामा अभियुक्तहरुलाई लागूऔषधसहित पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयले विहिबार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरि ती लागूऔषधका कारोवारीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार गत कार्तिक २५ गते गौरादह ३ स्थित धोविनिया चौकबाट गौरादह ३ का ३२ बर्षिय सुनिल बराललाई हर्लिक्सको बट्टामा लुकाईछिपाई राखिएको ३५२ .३१ मिलिग्राम खैरो हिरोइनसहित बा ८१ प.६२४० नम्बरको स्कुटर र बा.३ च.९२५५ नम्बरको कार समेत बरामद गरिएको छ ।
यसैगरि गत कार्तिक २५ गते दमक ४ स्थित भान्जा होटल एण्ड लजबाट भारत मुरसीदावाद घर भएका २७ बर्षिय टुटुल भन्ने रिन्टु सेखलाई आफनै शरीर भित्र प्लाष्टिकमा पोको पारि लुकाईछिपाई राखेको २१७ ग्राम प्रतिवन्धित खैरो हिरोइन वरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यस्तै गत कार्तिक १३ गते दमक ८ स्थित पूण्य बहादुर श्रेष्ठलाई पाउरोटीको झोलामा पाउरोटी भित्र खादेर राखेको अवस्थामा १८ एम्पुल ,१८ थान फेनरागन र ट्याग नभएको १८ एम्पुल गरि ५४ एम्पुल प्रतिवन्धित लागूऔषधसहित पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तहरु विरुद्ध दमक प्रहरीले मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १० : ५७ बजे