१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा जुराेपानी सहकारीकाे एकदिने स्वास्थ्य शिविर


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191129_222926
गौरादह १३, मंसिर / गौरादह नगरपालिका वडा नं -७ काे ग्वालडुब्बामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ।जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा संचालन भएकाे स्वास्थ्य शिबिरमा गौरादह नगरपालिका र गौरीगंज गाउपालिका भित्रका ७ सय ५०जनाले स्वास्थ्य लाभ लिएका छन।नाेबेल अस्पताल बिराटनगरकाे प्राबिधिक सहयाेगमा संचालन भएकाे शिबिरमा हार्डजाेर्नी,दन्त सेवा,बालराेग,आँखा परिक्षण, नाक कान घाँटी,छाला तथा यौन राेग,जेनेरल मेडीसिन तथा मुटु राेग,प्रस्तुति तथा स्त्रि राेग,मानसिक तथा नशा राेग,न्युराे सर्जरी,ल्याब,भिडियो एक्सरे तथा इसिजि,शल्यक्रिया र निशुल्क औषधिकाे सेवा लिएका छन।नाेवेल अस्पताल बिराटनगरका जनसम्पर्क अधिकृत नरायण दहालकाे नेतृत्वमा डाक्टरहरु सहित आएकाे ३५ जनाकाे टाेलीले स्वास्थ्य परिक्षण गरेकाे थियाे।डाक्टरहरुले पत्रकारलाई दिएकाे जानकारी अनुसार दम,ढाड दुखाइ,ग्यासटिक,सुगर,प्रेसर,बाथ, नाकमा पिनास पल्टेका,कानकाे जालिमा प्वाल परेकाे नाकमा मासु पलाएका लगायतका बिरामी बढी भेटिएकाे जनाएका छन। नगर भित्र बसाेवास गर्ने नागरिकहरुले एकै ठाउँमा बसि सबै प्रकारको उपचार गर्ने अवसर पाएका छन।उपचारकालागि अस्पताल सम्म पुग्न नस्कने गरिब तथा बिपन्न परिवारहरुलाई घर आगनमा नै सहज रुपमा उपचार गराउने उदेश्यले स्वास्थ्य शिबिर संचालन गरिएको संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले जानकारी गराए। गौरादह -७ का ढाडकाे समस्या भएर जचाँउन गएका सुरेन्द्र खड्काले बिरामकाे चेक जाँच गर्न सहरकाे अस्पतल जानू पर्नेमा आफ्नै ठाउँमा उपचार गराउन पाउँदा खुशी ब्याक्त गरे।जुराेपानी बहुउद्देश्यीय सहकारी संस्था उपाध्यक्ष अरुणकुमार शाहकाे सभापतित्वमा सम्पन्न शिविरमा संस्थाका पुर्ब अध्यक्ष अमरदास सिवाकोटी प्रमुख अतिथि रहेका थिए।त्यसअवसरमा नाेबेल अस्पतालका डिल्ली निरौला र नारायण दहाल, वडा नं -८ का वडाध्यक्ष भुमीराज पाेख्ररेलले शुभकामना मन्तब्य राखेका थिए।संस्थाकि सदस्य सुमित्रा ढुङ्गेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा संस्थाका सचिव सूर्यभक्त सिटौलाले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ४३ बजे