कटहरी २३, पुस / कटहरी गाउँपालिका वार्ड नं. ४ अन्तर्गत पर्ने जुरीघाट टोलमा करिब ३० घरधुरी रिसिदेव समुदायका परिवार बसोबास गर्दै आएका छन्। भौगोलिक रूपमा गाउँपालिकाको एक भाग भए पनि विकास, सेवा र सुनुवाइका हिसाबले यो बस्ती अझै पनि किनारामा परेको अनुभूति यहाँका बासिन्दाहरूले गरिरहेका छन्। शिक्षा, स्वास्थ्य र पूर्वाधार—तीनै क्षेत्रमा गहिरो समस्या बोकेको यो…