नारायाण राजवंशीगौरादह ९ , असार / गौरादह नगरपालिकाको १६औं नगरसभा अन्तर्गत पहिलो अधिवेशन आइतवार सम्पन्न भएको छ। नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। नगरप्रमुख सुवेदीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, चुनौती र आगामी दिशा प्रस्तुत गर्दै नगरपालिकाले वितरणमुखीभन्दा परिणाममुखी कार्यक्रमहरूतर्फ प्राथमिकता दिएको बताए।…