विराटनगर ५, वैशाख / संचारमन्त्री शेरधन राईले नयाँ बजेटसँगै सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा आम जनतालाई मार परेको भन्दै मन्त्री राइले निर्वाचन गर्नेमा सबै दल सहमत हुने आशा ब्यक्त…