१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

८४ विद्यार्थीलाई वीरता जेसीजले दियो छाता


२३ मंसिर २०७५, आइतबार  

0
Shares

20181209_153725
बिर्तामोड २३, मंसीर /
वीरता जेसीजको आयोजनामा आज आइतबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा विद्यालयका ८४ विद्यार्थीलाई छाता वितरण गरिएको थियो । वीरता जेसीजका कार्यक्रम संयोजक अनन्तलाल महतोले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रधानाध्यापक चन्द्रकुमार प्रधानले विद्यार्थीका लागि अति आवश्यक छाता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
उक्त क्षेत्रमा अधिकांश दिनहरु पानी पर्ने र त्यही कारण विद्यार्थी विद्यालय नजाने समस्या भएका बेला जेसीजले प्रदान गरेको छाताले वर्षात तथा चर्को घामको समयमा पनि अब विद्यार्थीलाई विद्यालय जान सहज हुने प्रधानाध्यापक प्रधानको भनाइ थियो ।
विपन्न आर्थिक अवस्थाका अभिभावकले छाता लगायतका सामग्री किनेर विद्यार्थीलाई विद्यालय पठाउन समस्या भइरहेका बेला जेसीजको सहयोगले राहत मिलेको विद्यालयका शिक्षक नन्दलाल कार्कीले बताए । कार्यक्रममा प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन गरेका थिए भने महासचिव विनोद पाण्डे, कोषाध्यक्ष जीवनकुमार खड्का, सहकोषाध्यक्ष घनश्याम चौधरीले आगामी दिनमा पनि विद्यालयका लागि आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा शान्तिपुर एकता समाजका सदस्य शम्भु दाहाल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार  ९ : ५३ बजे