१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

१५ हजार रकम लिने असई निलम्बित


१८ मंसिर २०७५, मंगलबार  

0
Shares

ghush-pakrau

झापा १८, मङ्सिर / एक व्याक्तिसँग रकम लिने प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका प्रहरी चौकी चारआली झापामा असई कार्की निलम्बनमा परेका हुन् । कार्कीलाई सोमबार नै निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षकको अध्यक्षतामा समिति गठन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  २ : ०६ बजे