१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा अाएर कमल थापाले भने, ‘सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्यो’


२२ मंसिर २०७५, शनिबार  

0
Shares

20181208_193839

विर्तामोड २२ , मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्ने काम गरेको आरोप लगाएका छन् । नेपालमा धर्म निरपेक्षता लादिएको भन्दै उहाँले हिन्दू राष्ट्र जनताको नैसर्गिक अधिकार भएकोले नखोस्न आग्रह समेत गरे ।

झापाको विर्तामोडमा शनिबार आयोजित हिन्दू राष्ट्र पुर्नस्थापना जनजागरण सभामा अध्यक्ष थापाले धर्मका नाममा राजनीति गर्नेहरुले नेपाललाई धर्म निरपेक्षता घोषणा गरेर ९४ प्रतिशत वैदिक सनातनको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए । अध्यक्ष थापाले हिन्दुत्वको लडाईँ भोटको लागि नभई आस्था, बिश्वास र पहिचान संरक्षणको भएको भन्दै राजनीतिक रुपमा गरिएको फोहोर राजनीति रुपमा नै सफा गर्न आफूहरु अगाडि बढेको बताए ।

विदेशीहरुको षड्यन्त्रका कारण नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको भन्दै उनले काठमाडौंमा भएको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लक्षित गर्दै आगोसँग नखेल्न सरकारलाई चेतावनी समेत दिए । कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनलगायतका नेता तथा धार्मिक व्यक्तिहरुले नेपालको पहिचानका लागि हिन्दू राष्ट्र पुनःस्थापना अनिवार्य भएको धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १ : ५६ बजे