१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ सरकार विस्तार हुँदै, महिलाको प्रतिनिधित्व हुने – मुख्यमन्त्री राई


१७ मंसिर २०७५, सोमबार  

0
Shares

sherdhan-rai

विराटनगर १७ , मङ्सिर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। उनले कामको चापको हिसावले पनि धेरै विभागहरूसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो हुँदै गएको कारण मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको बताए। प्रदेशको नाम र राजधानीको विषय माथिल्लो तहमा टुंगो लागिसकेको जानकारी दिँदै मुख्यमन्त्री राईले आउँदो हिउँदे अधिवेशनका क्रममा राजधानी र नामांकरणको विषय टुंगो लाग्ने बताए। हिउँदे अधिवेशन पुसको पहिलो हप्ता बस्न र त्यो भन्दा अगाडि संसदीय दलको बैठक पनि बस्ने र सहमतिमा नाम र राजधानीको विषय टुंग्याउने प्रयास भइरहेको उनले जानकारी दिए। मन्त्रिपरिषद्मा संघीय समाजवादी फोरमलाई पनि ल्याउने या नल्याउने भन्ने विषयको टुंगो नलागेको जानकारी दिँदै मुख्यमन्त्री राईले संघीय सरकारसँग आवश्यक परामर्श गरी प्रदेशमा पनि छलफल गरेर त्यस विषयको टुंगो लाग्ने उनको भनाइ थियो। मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व गराइने पनि राईले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार  ३ : ०५ बजे