भद्रपुर / झापाको गौरीगञ्ज गाउँपालिका–६ मा निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत २५ शड्ढयाको खजुरगाछी अस्पताल सञ्चालनमा आएको छैन। ०६६ सालमा ठेक्का लागेर ६ बिघा १७ कठ्ठा क्षेत्रफलमध्ये तीन बिघामा सो अस्पताल एक वर्षअघि नै निर्माण सकिएको थियो। दक्षिणी झापाका बासिन्दाका लागि स्तरीय अस्पतालको सधैँ अभाव रहँदै आएको छ। गौरीगञ्ज र गौरादहका बासिन्दा उपचारका लागि…