१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे ३ वटा टाेलमा काेराेना सम्बन्धि सचेतना कार्यक्रमसहित सावुन र मास्क वितरण


८ चैत्र २०७६, शनिबार  

0
Shares

20200321_154739

गाैरीगंजमा ८, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे महताे टाेल, ताजपुरिया टाेल र लालडिगी बस्तीमा काेराेना भाईरसबाट बच्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएकाे छ ।
वार्ड नं. ३ काे आयाेजनामा आज भएकाे जनचेतनामुलक कार्यक्रममा टाेलवासीहरूलाई मास्क र साबुन वितरण गरिएकाे थियाे । विश्वव्यापीरूपमा फैलिईदै गएकाे काेराेना भाईरसकाे संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराउदै गाैरीगंज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले भारतलगायत अन्य देशहरूबाट घर आएका परिवारका सदस्यहरूलाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने बताएका थिए । साेही कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मिश्रले साबुन र पानीले हातधुने विधिबारे पनि सिकाएका थिए । भिडभाडमा नजानु, घर भित्र जाँदा साबुन पानीले राम्ररी हात धुनु, मास्क लगाउनु, घरमै फलेका वा उब्जाएका सागसब्जी खानु, बाहिरका चिजबस्तु सकभर नखानु, ज्वराे आए चेकजाँच गर्नुलगायतका सावधानी अनिवार्य अपनाउन पर्ने मिश्रकाे आग्रह थियाे । ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले संसारभर फैलिहेकाे काेराेनाकाे संक्रमणलाई नियन्त्रण गर्ने कुनै औषधि नभएकाेले यसबाट बच्न आफै सजक शुनु पर्ने बताएका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे सचेतना कार्यक्रममा काेराेनाकाे संक्रमणबाट बच्न वार्ड कार्यालयले बस्ती बस्ती जनचेतना फैलाउन र सावुनसहित मास्क वितरण गरिएकाे थियाे ।
20200321_154801
वार्ड नं. ३ का अध्यक्ष महताेले वार्ड कार्यालयले वाडवासीहरूलाई विश्वव्यापीरूपमा फैलिरहेकाे काेराेना भाईरसकाे संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रम गरिएकाे बताए । वडा अध्यक्ष महताेले विहान ८ बजेदेखि करिब १० बजेसम्म वार्ड नं. ३ काे महताे टाेल, ताजपुरिया टाेल, लालडिगीमा १ सय भन्दा बढी वडावासीलाई साबुन र मास्क वितरण गरेका थिए । त्यसैगरी चैत ९ गते विहान ८ बजेदेखि ज्ञानकुञ्ज एकेडमी र जागीरेटाेलमा, चैत १० गते विहान ८ बजेदेखि तेलगानी, ठेकीटाेला र सुदामभिट्टामा, चैत ११ गते विहान ८ बजेदेखि संगमचाैक, बगुवावस्तीमा र चैत १२ गते विहान ८ बजे देखि त्रिमुर्ति चाैक र मदन घाेष घरछेउमा जनचेतना कार्यक्रम गर्ने र सावुनसहित मास्क वितरण गर्ने कार्यक्रम रहेकाे वार्ड अध्यक्ष महताेले जानकारी दिएका छन् ।

20200321_154749
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड सदस्य सरिता शेर्पा, भवेश दास, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराई, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रहरी निरिक्षक साईमन श्रेष्ठ, युवा समाजसेवी श्रवण गिरी, नेपाली कांग्रेस गाउँपालिका सभापति, नेकपा गाउँ कमिटि सचिवालय सदस्य राजकुमार ढकाल, यातायात व्यवसायी संघका प्रतिनिधि उत्तम दासलगायतकाे उपस्थिति थियाे । कार्यक्रमकमे सञ्चालन वार्ड नं. ३ का सचिव अजय साहले गरेका थिए ।

20200321_152545

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : २५ बजे