१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मास्क बनाउन भ्याई नभ्याई तर रूपा भन्छिन – ‘म एक्लै छु’


९ चैत्र २०७६, आइतबार  

0
Shares

20200322_205754

बिर्तामोड ९, चैत / बिर्तामोड-५ की रुपा राजवंशीलाई अहिले भ्याइनभ्याइ छ । बजारमा मास्क अभाव भइरहेका बेला उनी मास्क बनाउन तल्लीन छिन् ।आफूले जानेको सीपलाई खाँचो परेको बेला उनले प्रयोग गरेकी हुन् ।

‘बजारमा देखिएको मास्कको अभावलाई टार्न लागिपरेकी छु’ उनले भनिन् । करिव एक सातादेखि उनले मास्क बनाउन थालेकी हुन् ।उनलाई दिनको सयवटाको अर्डर आउँछ । तर, उनले अर्डरबमोजिमको मास्क पुर्याउन सकिरहेकी छैनन् । ‘सिलाउने म मात्र छु दिनको ३०—४० वटा बनाउन सक्छुु’ उनले भनिन्,‘ अर्डर अनुसारको मास्क पु¥याउन सकेको छुइनँँ ।’रुपाले बनाएको मास्क इटहरीसम्म जाने गरेको छ । उनले बिएण्डसी हस्पिटललाई पनि मास्क दिएकी थिइन् ।

बिएण्डसीले ३ सयवटा माग गरेकोमा आफूले १ सयवटा मात्र दिन सकेको रुपाले बताइन् ।आफ्नै घरमा मास्क बनाउने गरेकी रुपालाई एउटा मास्कमा १० रुपैयाँ नाफा आउने गरेको छ । ‘कपडा र ज्याला गरी २० रुपैयाँ पर्न जान्छ ’उनले भनिन्,‘मैले ३० रुपैयाँमा बेच्ने गरेकी छु ।’ उनको घरैबाट मास्क बिक्री हुने गरेको छ ।

मास्क बिक्रीका लागि छिमेकी समिता उप्रेती र हेमा भण्डारीले सहयोग गर्ने गरेका छन् । अहिले मास्क बनाउन व्यक्तिगतभन्दा सामुहिक प्रयासको खाँचो रहेको समिताले बताइन् । धेरै ठूलो परिमाणमा मास्क चाहिएकाले सामुहिक रुपमा लाग्न आबश्यक भएको उनले बताइन् ।

सिलाइकटाइकी प्रशिक्षकसमेत रहेकी रुपाले कपडा सिलाउन धेरैलाई सिकाएकी थिइन् ।तर, मास्क बनाउन उनी एक्लै छिन् ।‘मैले धेरैलाई सिकाएँ’उनले भनिन्,‘चाहिएको बेला कोही पनि आउँदैनन् ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ३ : १७ बजे