२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

गाैरीगंजकाे भारतसंग जाेडिएका सीमानाकामा स्वास्थ्य परिक्षण कडाई


६ चैत्र २०७६, बिहिबार  

0
Shares

20200319_180333
गाैरीगंंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीमा राखिएकाे स्वास्थ्य परिक्षण केन्द्र ।

गाैरीगंज ६,चैत / भारतको बिहारसँग जोडिएको झापाको गौरीगञ्ज गाउँपालिकाले भारतबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणमा कडाई गरेको छ । नेपालमा कोरोना फैलन नदिन संघीय सरकारले कडाई गरेसँगै स्थानीय सरकारले पनि कडाई गरेको हो ।
बिहारसँग सिमाना जोडिएको चार स्थानमा भारतबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण शुरु गरिएको हो । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे भारूचाैकमा राखिएकाे स्वास्थ्य परामर्श केन्द्रमा ३७ जना, वार्ड नं. ४ काे कदमगाछीमा २३९ जना र वार्ड नं. १ काे कुञ्जिवारीमा पनि स्वास्थ्य परिक्षण गरिएकाे छ ।
भाेली (शुक्रवार) देखि केन्द्रहरूमा ‘थर्मल गन’ सहितकाे प्रवेश गर्ने व्यक्तिहरूकाे अनिवार्य स्वास्थ्य परीक्षण शुरू गरिएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । स्वास्थ्य परिक्षणका लागि ४ वटा थर्मल गन ल्याईसकिएकाे स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए ।
त्यसैगरी भारतमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित भारतमा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । बंगलादेशमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सहित बंगलादेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । इजरालयमा ९६ जना नयाँ संक्रमित फेला परेका छन् । मलेसियामा १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । कुवेतमा ६ जना नयाँ बिरामी थपिएका छन् । थाइल्यान्डमा थप ६० जनामा संक्रमण फेला परेको छ । अल्जेरियामा ७ जनामा नयाँ संक्रमण फेला परेको छ । कोरोनाको कारण बिहीबार अल्जेरियामा एक जनाको मृत्यु भएको छ । डेनमार्कमा कोरोनाका ७५ जना नयाँ बिरामी फेला परेका छन् । कोरोनाका कारण बिहीबार २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १२ : २१ बजे