झापा ७, साउन /शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लाग्नुभएको छ । ‘वरपीपल बा’ भनेर चिनिँदै आउनुभएका उहाँले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आउनुभएको छ । निजी नर्सरीमा हुर्किएका वरपीपलका बिरुवा उहाँले सित्तैमा उपलब्ध गराउनुहुन्छ…