१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

परिक्षाकाे नतिजा प्रकाशन नगरे नेकपा एमाले गाैरीगंजले धर्नासहित तालाबन्दी गर्ने



गाैरीगंज २८, पुस / नेकपा एमाले गाैरीगंजले गाैरीगंज गाउँपालिकामा तालाबन्दी गर्ने भएकाे छ ।
नेकपा एमाले गाैरीगंज कमिटीले गाउँपालिकामा आज एक ध्यानाकर्षण पत्र बुझाउँदै प्राविधिक कर्मचारीहरूकाे लिईएकाे परिक्षाकाे नतिजा प्रकाशन नगरे कार्यालयमा धर्ना, आन्दाेलन र तालाबन्दी गर्ने चेतावनी दिएकाे हाे ।
गाउँपालिकाकाे परिक्षा समितिले पुस २४ गते कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुवरिवेक्षककाे लिखित र पुस २५ गते प्रयाेगात्मक तथा अन्तर्वार्ता लिएकाे थियाे ।
लिखित परिक्षामा सफल भएका उम्मेदवारले गाैरीगंज गाउँपालिकाका प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठलाई परिक्षा धाधलीपुर्णरूपमा भएकाेले परिक्षा स्थगित गर्नु पर्ने निवेदन आईतवार निवेदन दिएका थिए । उत्त निवेदन उपर कार्वाही भई प्रशासकीय अधिकृत तथा परिक्षा समितिका संयाेजक सन्ताेष श्रेष्ठले परिक्षा स्थगितकाे सुचना गरेका थिए ।
परिक्षाकाे नतिजा यथासिघ्र ननिकाले गाउँपालिकाकाे नितिकाे प्रणालीनै ध्वस्त हुने भएकाे आज कार्यालय समय भित्र परिक्षाकाे नतिजा निकाल्नु माग राखेका थिए ।
नेकपा एमाले गाैरीगंज कमिटिका अध्यक्ष गाेविन्द कुवंर र सचिव श्रवण गिरीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा नतिजा प्रकाशन स्थगितकाे घटनाले अत्यन्तै लाजमर्दाे बनाएकाे भन्दै यथाशीघ्र नतिजा प्रकाशन नगरे गाउँपालिकाप्रतिकाे विश्वसनीयता र पारदर्शिता गुम्न सक्ने उल्लेख छ ।

परिक्षा समितिले लिएकाे लिखित परिक्षा र साे परिक्षाकाे परिक्षाफल लाेकसेवा अायाेगकाे मापदण्ड विपरित भएकाे भन्दै साेमवार गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापासहित ५ जना वडाअध्यक्षहरूले परिक्षा वदर गर्न निवेदन दिएका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताे, वार्ड नं. २ का वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशी, वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वार्डनं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवले प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठलाई निवेदन दिएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश क समितिका सभापति जिवन कुमार राईकाे नेतृत्वमा एक टाेलीले गाउँपालिकाले स्थगित गरेकाे परिक्षाकाे विषयमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । टाेलीले गाउँपालिकाले लिएकाे कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुपरिवेक्षककाे लिखित परिक्षा लाेकसेवा आयाेगकाे मापदण्डमा नभएकाे भन्दै परिक्षालाई निष्पक्ष, धादलीरहित र याेग्य उम्मेदवारलाई छनाैट गरी विधि र प्रक्रियामा परिक्षा सञ्चालन गर्नु पर्ने माग गरेकाे थियाे ।

लिखित परिक्षामा सफल भएका उम्मेदवारले गाैरीगंज गाउँपालिकाका प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठलाई परिक्षा धाधलीपुर्णरूपमा भएकाेले परिक्षा स्थगित गर्नु पर्ने निवेदन आईतवार निवेदन दिएका थिए । उत्त निवेदन उपर कार्वाही भई प्रशासकीय अधिकृत तथा परिक्षा समितिका संयाेजक सन्ताेष श्रेष्ठले परिक्षा स्थगितकाे सुचना गरेका थिए ।

गाउँपालिकाले कम्प्युटर प्राविधिक कार्यालय सहायक र गणककाे हिजाे ४८ जनाकाे लिखित परिक्षाकाे नतिजा प्रकाशन गरेकाे थियाे भने सुवरिवेक्षक सहायक पाचाैं तहकाे लिखित परिक्षामा ४ जनाकाे नतिजा प्रकाशन गरेकाे थियाे ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : ५९ बजे