९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

झापा एमाले अधिबेसन : एक पत्रकार सर्वसम्त, ५ जनाको मनोनयन दर्ता



झापा २६ पुस / नेकपा एमालेको १० औ अधिवेशनमा झापामा एक जना पत्रकार सर्वसम्मत जिल्ला सदस्यमा छनौट हुनुभएको छ । भने अन्य ५ जनाले मनोनयन दर्ता गराउनु भएको छ । सर्वसम्मत हुनेमा मेचि नगरपालिकाबाट प्रकाशन हुने लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी (न्यौपाने) रहनु भएको छ । उहाँ पत्रकार महासघं झापाको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य समेत रहनु भएका काजीलाई प्रेस चौतारी झापा शाखाले पार्टि प्रतिनिधी बनाएर अधिबेसनमा पठाएको थियो । उहाँ पार्टिको प्रेस कोटाबाट जिल्ला सदस्य बन्नु भएको हो । यद्यपी पार्टिले आधिकारीक घोषणा भने गरिसकेको छैन । पार्टिले सबै सदस्यको नाममा सहमती गराएर एकै साथ सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।

यस्तै मेचिनगरकै शन्तोष आचार्य , मुक्ति पौडेल, कमल गाउँपालिकाका टिकाराम उप्रेती र दमक निवासी मिना विस्वकर्माले पार्टिको जिल्ला सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । आचार्य मेचिनगरबाट सञ्चालीत बिचार मञ्चको सम्पादक हुनुहुन्छ । उहाँ अहिलेको वर्तमान कमिटीको समेत जिल्ला सदस्य हुनुहुन्छ । सोहि पदमा दोहोर्याउन उहाँले मनोनयन दर्ता गराएको जानकारी दिनु भएको छ ।

यसैगरि पौडेल मेचिनगरबाट प्रकाशीत जन संसद दैनिकका सम्पादक हुनुहुन्छ । प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य समेत रहनु भएका उहाँ नगरको वडा नं ६ को प्रतिनिधी बनेर पार्टि अधिबेसनमा सहभागी बन्नु भएको थियो । पार्टिको वडा नं ६ को कमिटीबाट उहाँलाई प्रतिनिधीमा छनौट गरेर वडा कमिटीले पठाएको हो ।

कमल निवासी उप्रेती प्रेस चौतारी नेपालको कन्द्रिय सदस्य तथा झापाको नि वर्तमान अध्यक्ष हुनुहुन्छ । पत्रकार महासघं ताप्लेजुङको सस्थापक सदस्य रहनु भएका उप्रेतीले १४ वर्ष देखी झापाबाट गोरखा पत्र दैनिकमा संवादाताको रुपमा काम गर्नुहुन्थ्यो । गठबन्धनको सरकार बनेपछि पार्टिको इगो साँधेर अहिले उहाँलाई गोरखापत्र दैनिकले निस्काषन गरेको छ । अहिले उहाँ दमकबाट सञ्चालीत कलम नेपाल अनलाईनको सम्पादक भएर काम गरिरहनु भएको छ । उप्रेतीले कमल गाउँपालिका वडा नं ५ बाट प्रतिनिधी बनेर पार्टिको अधिवेशनमा सहभागी बन्नु भएको थियो । पार्टिको वडा कमिटीमा प्रतिनिधीकालागि सहमती नजुटेपछि निर्वाचन भएको थियो । निर्वाचनमा अत्याधिक मत ल्याएर उहाँ पार्टि प्रतिनिधीमा बिजयी भई अधिबेसन प्रतिनिधी बन्नु भएको थियो । उहाँले ४२ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्धन्दीको १७ मत मात्रै प्राप्त भएको थियो ।

खवर मञ्च डट कमका सम्पादक गोपाल काफ्लेले पनि पार्टिको जिल्ला  सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । उहाँ प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य समेत हुनुहुन्छ । उहाँ बिर्तामोड नगरपालिका वडा नं ४ बाट पार्टिको प्रतिनिधी बनेर जिल्ला अधिबेसनमा सहभागी बन्नु भएको थियो । पार्टिको वडा कमिटीले उहाँलाई जिल्ला सदस्य बन्नकालागि नै अधिबेसन प्रतिनिधी बनाएर पठाएको जनाइएको छ।

यसै गरि दमक निवासी मिना विस्वकर्मा दमक यहाँको वडा नं ९ को दलित महिला सदस्य समेत हुनुहुन्छ । प्रेस चौतारी झापाको जिल्ला सदस्य रहनु भएकी बिकले पार्टिको जिल्ला कमिटी सदस्यमा दलित कोटाबाट मनोनयन दर्ता गराउनु भएको छ । उज्जयालाेे खबरबाट साभार

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ३ : २५ बजे