अर्जुन राजवंशी बिर्तामोड २१, फागुन / मदन राजवंशी १५ दिनदेखि अस्पतालमा छन् । दुवै मिर्गौला खराब भएका उनले भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा साताको दुईपटक डायलासिस गराइरहेका छन् । सिकिस्त भएपछि फागुन ५ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । दुई दिन आईसीयूमा उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आएको छ । अहिले उनलाई जनरल वार्डमा राखेर उपचार गरिएको छ ।…